ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा भालुको आक्रमणबाट एक जना घाइते

  सल्यान खबर डेस्क २०७७ भाद्र २६ गते शुक्रबार १४:१०:५६ मा प्रकाशित

भदौ २६, सल्यान 
जिल्लाको कालिमाटी गाउँपालिका १ लक्ष्मीपुरमा भालुको आक्रमणबाट एक जना घाइते भएका छन् । लक्ष्मीपुर आरचौरका नर बहादुर समाल भालुको आक्रमणबाट घाइते भएका हुन । 

दिउसो गाई गुवाला गएको समयमा उनलाई भालुले आक्रमण गरेको वडा अध्यक्ष रबिलाल बस्नेतले बताए । भालुले आक्रमण गर्दा समालको हात र शरिरका विभिन्न भागमा चोट लागेको छ । 

भालुको आक्रमणबाट घाइते समालको प्राथमिक स्वास्थ्य चौकीमा उपचार पछि घर फर्किएको अध्यक्ष बस्नेतले बताए । 
दुई महिना अघि पनि भालुले एक महिलालाई आक्रमण गरी घाइते बनाएको थियो ।  बाँके राष्ट्रिय निकुञ्जबाट आउने जंगली जनावरबाट कालिमाटीबासीले सास्ती व्यहोर्दै आइरहेका छन् । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top