ट्रेण्डिङ

होमपेज / समाज

मानसिक स्वास्थ्य समस्याका कारण सल्यानमा आत्महत्या गर्ने बढ्दै

  सल्यान खबर डेस्क २०७७ भाद्र २६ गते शुक्रबार १३:०९:१४ मा प्रकाशित

भदौ २६, सल्यान 
सल्यानमा बन्दाबन्दीको समयमा आत्महत्या गर्ने घटनामा संख्यामा वृद्धि आएको छ । विश्वभर फैलिएको कोरोना भाइरस फैलिएयता आत्महत्या गर्नेको संख्यामा पनि वृद्धि भएको पाइएको छ । 

जिल्ला प्रहरी कार्यालय सल्यानको तथ्यांक अनुसार २०७६ चैत ११ देखि हालसम्म झुन्डिएर आत्महत्या ३२ र विष सेवन गरी १७ गरी ४९ जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्ने बालबालिका देखि ४९ वर्ष उमेर समूहका रहेका छन् । 

मानसिक तनावका कारण आत्महत्या गर्नेको संख्या बढेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी उमाकान्त जोशीले बताए । 
 मानिस बढी महत्वाकांक्षी हुनु, मानसिक तनाज, बहुविवाह, आत्मग्लानी र गरिबीका कारण वर्षेनी आत्महत्या गर्नेहरुको संख्या बढ्दै गएको प्रहरीको भनाई छ । उनले भने ‘बढ्दै गएको शहरीकरणसँगै महत्वाकांक्षा पनि थपिदै जाने तर महत्वकांक्षा पुरा नहुने, व्यवसायमा असफलता, पारिवारिक विमेल, लगायतका कारण आत्महत्या बढ्दै गएको पाइन्छ ।’ 

दैनिक जीवनमा आउने कठिनाईलाई सामना गर्ने क्षामताको कमी र उनीहरुमा सकारात्मक मनोपरामर्शको अभाव रहेको मनोपरामर्शदाता लोक बहादुर विकले बताए । आत्महत्या गर्नुको  ८० प्रतिशत कारण मानसिक स्वास्थ्य सम्बन्धी समस्या रहेको उनको भनाई छ । मानसिक समस्या भित्र पनि डिप्रेशन रहेको उनले बताए । उनले भने ‘सामाजिक मुल्य मान्यता, मानसिक स्वास्थ्य समस्या भएको व्यक्तिहरुको मनोभावना नबुझ्नु, प्राकृतिक विपत्ति लगायतका समस्या रहेका छन् ।’ 

आत्महत्या जस्तो विकृति रोक्न स्थानीयत तहहरुले ठोस कार्यक्रम ल्याउनु पर्ने विकको भनाई छ । आत्महत्या गर्ने व्यक्तिलाई मात्र दोष लगाउने तर आत्महत्या गर्ने स्थितिसम्म कसरी पुग्यो भनेर त्यसबारे अनुसन्धान हुन नसकेको उनले बताए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top