होमपेज / समाज
भदौ २३, सल्यान
जिल्लाको शारदा नगरपालिका कार्यपालिका सदस्य पुष्पा पहाडीले आफ्नो जन्मदिनको अवसरमा सल्यान अस्पताललाई कम्बल र बिरामीलाई फलफूल वितरण गरेकी छन् ।
आफ्नो जन्मदिनको अवसर पारी अस्पताललाई ६ थान कम्बल र अस्पतालमा भर्ना भएका बिरामीलाई फलफूल वितरण गरेकी हुन ।
सबै साथीभाइ भेला गरी फजुल खर्च गर्नु भन्दा दुःखी बिरामीलाई सेवा गर्दा जन्मदिनले सार्थकता पाउने उनको भनाई छ । उनले भनिन साथीभाइसँग जन्मदिन मनाउँदा साथीभाइ त खुसी होलान् तर सामाजिक काम गर्दा सबैको मन झनै खुसी हुन्छ ।
समाज परिवर्तन आफैबाट सुरु गर्नु पर्ने बताउँदै उनले सानो कामबाट नै परिवर्तनको सुरुवात गर्नु पर्ने बताइन ।





.jpg)