ट्रेण्डिङ

होमपेज / समाज

दाङमा लकडाउन एक साता लम्बियो

  सल्यान खबर डेस्क २०७७ भाद्र २१ गते आइतबार १८:४४:४८ मा प्रकाशित

 दाङमा लकडाउन थप एक साता लम्बिएको छ । कोरोना संकट व्यवस्थापन केन्द्रको आइतबारको बैठकले भदौ २२ देखि २८ गतेसम्म लकडाउन थप गर्ने निर्णय गरेको केन्द्रका संयोजक प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रसाद रिजालले जानकारी दिए ।

बैठकले हरेक दिन बिहान ६ देखि १२ बजेसम्म बजार खोल्न पाउने गरी लकडाउन केही खुकुलो पार्ने निर्णय गरेको उनले बताए । सार्वजनिक यातायातका साधन भने पूर्णरुपमा बन्द गरिएको छ । निजी सवारी साधन बिहान ६ देखि १२ बजेसम्म जोरबिजोर प्रणालीमा सञ्चालन गर्ने निर्णय भएको रिजालले जानकारी दिए । बैंक तथा वित्तीय संस्थाहरु बिहान १० देखि १२ बजेसम्म खोल्न पाउने निर्णय गरिएको उनले बताए ।

यसअघि भदौ १४ देखि गरिएको लकडाउन आइतबार राती १२ बजे सकिँदै थियो ।

जिल्लामा हालसम्म ८ सय ३८ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कमल चन्दले बताए । त्यसमध्ये ७ सय ६ जना डिस्चार्ज भएको र १ सय ३० जना सक्रिय संक्रमित रहेको उनले जानकारी दिए । उनका अनुसार जिल्लामा दुई जना संक्रमितको मृत्यु भएको छ ।

Ekantipur 

प्रतिक्रिया

सम्बन्धित खवर

Top