ट्रेण्डिङ

होमपेज / अपराध

सल्यानमा कृषकहरूलाई ठगी गर्ने सामाग्री सहित पक्राउ

  सल्यान खबर डेस्क २०७८ चैत्र १२ गते शनिबार ०९:५०:३० मा प्रकाशित

चैत १२,सल्यान

सल्यान प्रहरीले कृषकलाई ठगी गरेको आरोपमा सामाग्री सहित एक जनालाई पक्राउ गरेको छ । जिल्लाको कपुरकोट गाउँपालिका –३ कपुरकोटमा सम्झौता भन्दा कमसल सामाग्री वितरण गरी रहेको अवस्थामा सामाग्री सहित रोल्पा गङ्गादेव गाउँपालिका –३ का गंगाराम खत्रीलाई जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

कृषि किङ र किसान नामक कम्पनीका मिनिटिलर (हाते ट्याक्टर) ७२ हजारमा उपलब्ध गराउने भनी जलजला सिडसँग  कृषि समूहले सम्झौता गरी कृषि समूहले ३६ हजार र बाँकी ५० हजार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना इकाई जोनले अनुदान उपलब्ध गराउने सहमति भएपनि जलजला सिडका सञ्चालक खत्रीले सम्झौता भन्दा कम लागतको मिनिटिलर ल्याएर विवरण गरी रहेको अवस्थामा सामान सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अजुर्न पौडेलले जानकारी दिए । 

प्रदेश ३०१ ००६ ख ४५ नम्बरको ट्रकमा लोड गरी ल्याई वितरण गरिरहेको अवस्थामा उक्त ट्रक नियन्त्रणमा लिई चेकजाँच गर्ने क्रममा कृषि किङ ब्रान्डको मिनिटिलर  लेखिएका डिजाइन बाई इन्डिया लेखिएका आइटम १७८ डिजेल मिनिटिलर ६२, आइटम १७३ डिजेल का मिनिटिलर ३ थान, ,कम्बाइन मिल १ थान,  ब्रस कटर ७ थान, , मोबिल ६० बोतल, गियर वेल ७५ बोतल, सिङ्गल इन्डक्सन मोटर १ थान  र ब्रस ब्लेड २ थान नियन्त्रणमा लिइएको उनको भनाई छ । 

 नयाँ किसान र हाईजिन एग्रोको ट्याक्टरहरूमा कृषि किङ र किसान हाते ट्याक्टरको लोगो अनधिकृत रुपमा प्रयोग गरी उक्त नयाँ किसान र हाईजिन एग्रोको हाते ट्याक्टरहरू सम्झौता गरेको ट्याक्टरहरू भन्दा निकै सस्तो रहेको भनी स्थानिय कृषकहरूबाट सूचना आए पनि नियन्त्रण लिएको उनको भनाई छ ।  कृषि किङको नेपालको लागि आधिकारिक बिक्रेता रहेको डी.बि. ईन्टरनेशनल प्रा.लि. भरतपुर चितवनबाट समेत आफ्नो लोगोको अनधिकृत प्रयोग गरेको भनी लिखित जाहेरी दरखास्त समेत प्राप्त भएको पौडेलले बताए । 

 कृषि सामाग्री ल्याई आफूले लाभ लिने नियतले झुट्टा लिखत बनाई किर्ते गरेकाले  ठगी तथा किर्ते गरेको कसुरमा प्रहरी हिरासतमा राखी अनुसन्धान कार्य भइरहेको  प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top