ट्रेण्डिङ

होमपेज / अपराध

रुकुम पश्चिममा महिलाको शव फेला

  सल्यान खबर डेस्क २०७८ श्रावण १२ गते मंगलबार १३:२०:३० मा प्रकाशित

रुकुम पश्चिममा एक महिलाको शव भेटिएको छ । त्रिवेणी गाउँपालिका वडा नम्बर –४, खारा की अन्दाजी २५ वर्षीय मनकला खत्री खड्काको शव भेटिएको हो ।

गएराति घर नजिकैको गोठमा भैँसीलाई घाँस हाल्न गएकी खड्काको शव मकैबारीमा फेला परेको मृतकका आफन्तले बताएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक धुब्रकुमार श्रेष्ठका अनुसार मृत अवस्थामा भेटिएको शवको विषयमा अनुसन्धान भइरहेको छ । 

मृतकका आफन्तले भने खड्काको बलात्कार पछि हत्या गरिएको आशङ्का गरेका छन् । प्रहरीले शव फेला परेको स्थानमा तालिम प्राप्त कुकुर लगी अनुसन्धान  सुरु गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top