ट्रेण्डिङ

होमपेज / स्वास्थ्य

सल्यानमा संक्रमण र मृत्युदर घट्दै

  सल्यान खबर डेस्क २०७८ जेठ २० गते बिहीबार १७:४२:४२ मा प्रकाशित

 जेठ २०,सल्यान 
एक हप्ताको परीक्षणमा सल्यानमा कोरोना भाइरस संक्रमितको संख्या बट्दै गएको छ ।

जारी निषेधात्रा र स्थानीय तहहरुले समेत परीक्षणको दायरालाई बढाएपछि जिल्लामा संक्रमितको संख्या घट्दै गएको पाइएको छ । संक्रमितको  मृत्युदर समेत घटेको छ । एक सातामा ७ सय ९० जनामा गरिएको परीक्षणमा जम्मा २ सय १८ जनामा कोरोना पोजेटिभ देखिएको छ । १ सय ८२ जना निको भएर डिस्चार्ज भएका छन् भने ४ जनाको मृत्यु भएको छ । 

निषेधाज्ञाको कडाई, समुदाय स्तरसम्म परीक्षणको दायारा बढाउँदा संक्रमितको संख्यामा कमि आएको स्वास्थ्य सेवा कार्यालय सल्यानका कोरोना फोकल पर्सन रिखाराम पुनले बताए । शंकास्पद सबैको परीक्षण गरिएकाले पनि कम संक्रमित थपिएको उनको भनाई छ । 

कार्यालयका अनुसार पछिल्लो एक साताको पीसीआर र एन्टिजेनको नतिजाले पनि संक्रमितको संख्या घट्दै गएको देखाएको छ । कोरोना फोकल पर्सन पुनका अनुसार बिहीबार ३४ जनाको परीक्षण गर्दा १४ , १९ गते  २ सय ४जनाको परीक्षण गर्दा ७७, १८ गते १ सय २६ को परीक्षण गर्दा ३५, १७ गते १ सय ९८ जनाको परीक्षण गर्दा ४५, १६ गते २९ जनाको परीक्षण गर्दा १०, १५ गते १ सय ६२ जनाको परीक्षण गर्दा २९ र १४ गते ३७ जनाको परीक्षण गर्दा ८ जनामा कोरोना पोजेटिभ थपिएका छन् । 

अघिल्लो साता ५ सय ४ जना नयाँ कोरोना संक्रमित थपिएका थिए । जसमा २ सय ७९ जना निको भएर डिस्चार्ज भएका थिए । गत साता कोरोनाबाट ९ जनाको मृत्यु भएको थियो । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top