होमपेज / स्वास्थ्य
चैत २७,सल्यान
जिल्लाको छत्रेश्वरी गाउँपालिकाको भोटचौरमा एकीकृत जनस्वास्थ्य अभियान तथा विशेषज्ञ स्वास्थ्य शिविरबाट ३ सय बढीले लाभान्वित भएका छन् । स्वास्थ्य सेवा कार्यालय सल्यानको आयोजना र छत्रेश्वरी गाउँपालिकाको समन्वयमा विशेषज्ञ चिकित्सक सेवासहितको स्वास्थ्य शिविर आयोजना गरेको हो ।
शिविरबाट १९ जना बिरामिले दन्त सेवा,३३ जनाले ल्याब सेवा,१४ जनाले इसिजि सेवा,४ जनाले युएसजि सेवा , १० जना सम्भावित टिबि बिरामिको खकार संकलन साथै अन्य बिरामिलाई सामान्य चेकजाँच र परामर्श सेवा प्रदान गरिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा. अजुर्न बुढाले जानकारी दिनु भयो । शिविरमा निः शुल्क औषधि वितरण, मनोसामाजिक परामर्श सेवा, क्षयरोग पहिचानका लागि खकारको नमुना संकलन पनि गरिएको थियो ।
स्वास्थ्य सेवा कार्यालय सल्यानका व्यवस्थापक डाक्टर अर्जुन बुढा तथा अन्य ७ जना विशेषज्ञ डाक्टरहरु सहित १५ जनाको चिकित्सक टोलिले चेकजाँच तथा उपचार गरेको थियो ।