ट्रेण्डिङ

होमपेज / स्वास्थ्य

सल्यानका पत्रकारहरुलाई स्वास्थ्य सम्बन्धी अभिमुखिकरण

  सल्यान खबर डेस्क २०७७ फाल्गुण ५ गते बुधबार १७:१२:०४ मा प्रकाशित

फागुन ५,सल्यान 

सल्यान जिल्लाका विभिन्न संचारमाध्यमहरुमा आवद्ध पत्रकार तथा सञ्चारकर्मीहरुलाई स्वास्थ्य सम्बन्धी अभिमुखिकरण (जनचेतना तालिम)  दिइएको छ ।

 स्वास्थ्य सेवा  कार्यालय सल्यानको आयोजनामा जिल्लामा क्रियासील पत्रकारहरुलाई आधारभूत स्वास्थ्य सेवा तथा सामाजिक स्वास्थ्य सुरक्षा सम्बन्धी अभिमुखिकरण गरिएको हो । 
कार्यक्रममा नेपालको संविधान, २०७२ अनुसार आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने राज्यको दायित्व भएको स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी थलराज डिसीले बताए । सरकारले आधारभुत सेवा भित्र ३१ वटा विभिन्न सेवाहरु दिदै आइरहेको उनको भनाई छ । 

नेपाल सरकारले अति विपन्न, गरिब, नागरिकहरुलाई लक्षित गरी विभिन्न ८ वटा रोगकालागि उपचारमा सहुलियत प्रदान गर्दै आइरहेको डिसीले बताए  । मुटु रोग, मृगोला रोग, क्यान्सर, टाउकोमा लाग्ने चोट पटकको व्यवस्थापन, सिकल सेल एनिमिया, स्पाईनल कर्डइन्ज्युरी (ढाडको चोटपट),, पार्किसन्स रोग र अल्जाइमर रोगको सहुलियत रुपमा उपचार गर्दै आइरहेको बताए । विभिन्न आड  रोगको उपचारका लागि रू १ लाख सम्म औषधि उपचार सहुलियत प्रदान गर्दै आइरहेको, १४ वर्ष मुनी र ७५ वर्ष माथिका मुटुरोगका विरामीहरुकोलागि तोकिएका अस्पतालहरूमा निःशुल्क उपचार र मृगौला रोगको उपचारका लागि, मृगौला प्रत्यारोपण गर्नु पर्नेभएमा रु ४ लाख रुपैया सम्म, डायलाइसिस सेवा निःशुल्क प्रत्यारोपण पश्चात औषधि सेवनका लागि र प्रयोगशाला परिक्षण शुल्क रु १ लाख ५० हजार सहुलियत प्रदान गर्दै आइरहेको छ । 

निजी अस्पताल रहेका पालिकहरुमा गरिब, असहाय, बेवारिशे र विपन्नको उपचारका  लागि अस्पतालले  १० प्रतिशत  रकम छुट्याउनु पर्ने प्रावधान रहेको र 
 यसरी छुट्याइएको रकमवाट ति समुहका व्यक्तिहरूलाई उपचार सहयोग गरेको विवरण सम्वन्धित अस्पताले सहुलियत पाउने विरामीको फोटो सहित सार्वजनिक गर्नु पर्ने बताए ।  यसको लागि स्थानीय सरकारले अनुगमन तथा मुल्यांकन गर्नु पर्ने सूचना अधिकारी डिसीले बताए । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top