ट्रेण्डिङ

होमपेज / स्वास्थ्य

कर्मचारीमा कोरोना देखिएपछि कालीमाटी गाउँपालिकाका सबै सेवा बन्द

  सल्यान खबर डेस्क २०७७ कार्तिक २० गते बिहीबार १२:०८:३४ मा प्रकाशित

कात्तिक २०, सल्यान 
जिल्लाको कालीमाटी गाउँपालिकामा कार्यरत कर्मचारीमा कोरोना भाइरस देखिएको छ । 

कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएपछि अत्यावश्यक सेवा बाहेक अन्य सम्पूर्ण सेवा बन्द गरिएको छ । प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा गाउँपालिकाका एक कर्मचारी र समुदायका एक गरी दुई जनामा कोरोना पोजेटिभ देखिएको थियो । 

अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यक सेवा बाहेकका अन्य सम्पूर्ण काम स्थगित गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गोरख थापाले जानकारी दिए । 
संक्रमित दुवैजना होम आइसोलेसनमा बसी रहेको र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको थापाले बताए । यहि कात्तिक २४ गते सबैको स्वाब संकलन गरी पठाइने उनको भनाई छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top