ट्रेण्डिङ

होमपेज / फिचर

सल्यानमा म्यादी प्रहरीमा आवेदन दिनेको भिड (फोटो फिचर)

  सल्यान खबर डेस्क २०७८ चैत्र ८ गते मंगलबार १६:४३:१६ मा प्रकाशित

चैत ८,सल्यान 

वैशाख ३०मा हुने स्थानीय तह निर्वाचन सुरक्षाका लागि खोलिएको म्यादी प्रहरीमा आवेदन दिने युवाहरूको बाक्लो भिड देखिएको छ । ४० दिने म्यादी जागिरको लालसामा प्रहरी कार्यालयमा आवेदन दिन लाम लागेका युवाहरूको भिडले देशमा बेरोजगारीको अवस्था छर्लङ्ग पारिदिएको छ । आवेदन दिन आउनेमा पुरुषसँगै महिलाहरूको सहभागिता पनि उल्लेखनीय देखिएको छ । 

स्थानीय चुनावका लागि जिल्लामा १ हजार ७३ म्यादी प्रहरी भर्ना गरिने जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । आइतबारदेखि मङ्गलवार सम्म १ हजार ८ सय बढीले आवेदन फारम भरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले बताए । कार्यालय समयभित्र आवेदन लिन खोजिए पनि युवाहरूको चाप भएपछि साँझ ७ बजेसम्म आवेदन बुझ्ने गरेको उनको भनाई छ । आइतबार र सोमबार १ हजार २० जनाले आवेदन फारम भरेको र  (आज)  मंंगलबार ८ सय भन्दा बढी आवेदन पर्ने अनुमान  गरिएको पौडेलको भनाई छ । 

सरकारले म्यादी प्रहरीमा नेपाली सेना, नेपाल प्रहरी, र सशस्त्र प्रहरीमा पहिले काम गरेका, पूर्व वन रक्षक, विदेशस्थित सुरक्षा निकायबाट अवकाशप्राप्त, अघिल्लो निर्वाचनमा म्यादी प्रहरीमा भर्ना भएकालाई प्राथमिकता दिइने जनाएको छ । यसका लागि १८ वर्ष पुरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकले शुक्रवार (चैत ११ सम्म) आवेदन दिन सक्ने समयसीमा तोकिएको छ ।

फोटो : कृष्ण बहादुर बस्नेतको फेसबुकबाट

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top