ट्रेण्डिङ

होमपेज / अर्थ

लक्ष्मी लघुवित्त वित्तीय संस्थाद्वारा एसइईमा उत्कृष्ट अङ्क ल्याउने चलाउनेलाई सम्मान 

  सल्यान खबर डेस्क २०८१ श्रावण १५ गते मंगलबार १६:१७:२७ मा प्रकाशित

साउन १५,सल्यान 

एसइई परीक्षामा उत्कृष्ट अङ्क ल्याई पास हुने एक छात्रालाई लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड सल्यानले सम्मान  गरेको छ । देउराली माध्यमिक विद्यालय सिद्ध कुमाख गाउँपालिका २ कालालेखबाट उत्कृष्ट अङ्क ल्याई पास हुने छात्रा मिना चलाउनेलाई सम्मान गरेको हो । 

मङ्गलवार संस्थाले एक काय{क्रमको आयोजना गरी परीक्षामा पास हुने चलाउनेलाई सम्मान गरिएको लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड सल्यान खिम बहादुर बुढाथोकीले जानकारी दिनु भयो । छात्रालाई थप हौसला प्रदान गन{ र उच्च शिक्षाका लागि सहज होस भन्ने उद्देश्यले सम्मानका गरिएको उहाँले बताउनु भयो । 

काय{क्रममा संस्थाका शाखा प्रमुख भरत गिरी, सिद्ध कुमाख गाउँपालिका २ का वडाध्यक्ष मेक बहादुर बुढाथोकी, देउराली माध्यमिक विद्यालयका प्रधानाध्यापक मनवीर चलाउने, लगायतको सहभागिता रहेको थियो । 

साथै यस संस्थाले सदस्यहरूलाई आगलागी, चट्याङ, बाढी पहिरो, हावाहुरी जस्ता प्राकृतिक विपत्तिमा पनि सहयोग गर्दै आएको र सदस्यको र्दीघरोगको उपचारमा सहयोग,ग्राहकको श्रीमान् मृत्यु हुँदा काजक्रिया खर्चमा  सहयोग गर्दै आइरहेको संस्थाले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top