ट्रेण्डिङ

होमपेज / अर्थ

ज्याला नपाएको भन्दै मजदुरद्धारा सल्यानको एक विद्यालयमा तालाबन्दी

  सल्यान खबर डेस्क २०७८ श्रावण १२ गते मंगलबार १५:५०:५९ मा प्रकाशित

साउन १२,सल्यान 
ज्याला नपाएको भन्दै मजदुरले सल्यानको एक विद्यालयमा तालाबन्दी गरेका छन् । श्री सुर्य आधारभूत विद्यालय बागचौर नगरपालिका –९ कुइयापानीमा मजदुरले तालाबन्दी गरेका हुन । 

विद्यालयको दुई कोठे नयाँ भवन निमार्णको क्रममा आफूँहरुले ज्याला नपाएपछि विद्यालयमा तालाबन्दी गरेको मजदुर नर बहादुर डाँगीले बताए । भवन निमार्ण गर्ने सात मदजुरले ७५ दिनको ज्याला नपाएको उनका भनाई छ । उनले भने ‘पैसा माग्दा निमार्ण समितिले विद्यालय व्यवस्थापन समितिलाई देखाउने, विव्यसलाई भन्दा निमार्ण समितिलाई देखाएर हाम्रो पैसा दिन आनाकानी भइरहेको छ ।’ 

पूर्वाधार कार्यालय सल्यानबाट १५ लाखको बजेटमा निमार्ण भएको भवन १२ लाख ३ हजार मात्र भुक्तानी हुँदा र भुक्तानी भएको पैसामा पनि भवन बनाउँदा आफ्नो पैसा परेको भन्दै विव्यस अध्यक्षले पैसा लगेपछि समस्या भएको निमार्ण समितिका अध्यक्ष प्रेम बहादुर डाँगीले बताए । उनले भने ‘विव्यस अध्यक्षले मेरो पनि पैसा परेको छ भन्दै पैसा लगेपछि मजदुरलाई मैले कहाँबाट पैसा दिने ।’ 

पूर्वाधार कार्यालयले निमार्ण समितिको खातामा पैसा हालेकाले विद्यालयमा तालाबन्दी गर्नुको कुनै अर्थ नरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कालि बहादुर भण्डारीले बताए । पैसा विद्यालयको खातामा नभई निमार्ण समितिको खातामा आएको र १५ लाखको बजेटमा १७ लाखको काम गरेको त्यसमा फेरी कार्यालयले गुणस्तरिय नभएको भन्दै १२ लाख मात्र भुक्तानी भएको उनको भर्ना छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top