ट्रेण्डिङ

होमपेज / अर्थ

सल्यानमा लाखौंको आलु कुहियो

  सल्यान खबर डेस्क २०७८ असार ३० गते बुधबार १६:०९:०३ मा प्रकाशित

असार ३०,सल्यान 
आलु कुहिए पछि सल्यानमा व्यवसायिक आलु खेती गर्ने किसान मारमा परेका छन्  । व्यावसायिक आलु खेती गर्दै आइरहेका बागचौर नगरपालिका –११ वाफँुखोलाका किसान मारमा परेका हुन । 

विगत १०वर्ष देखि व्यावसायिक आलु खेती गर्दै आइरहेका वाफुखोलाबासीले यस्तो समस्या पहिलो पटक आएको बताएका छन् । लगातर एक हप्ताको भारी वर्षाले हो वा अन्य कुनै रोगका कारण थाहा नपाउँदा आफ्नो १० क्विन्टल आलु कुहिएर फालेको किसान झुपलाल वलीले बताए । १५ रोपनीमा लगाएको आलु झन्डै दुई सय क्विन्टल जति उत्पादन भएको भएपनि १० क्विन्टल भन्दा बढी आलु कुहिएको उनको भनाई छ । उनले भने ‘आलु खेती गर्न थालेको धेरै वर्ष भयो तर यस्तो समस्या अहिलेसम् आएको थिएन ।’ 
यस्तै एक सय क्विन्टल खनेकोमा २० क्विन्टल आलु कुहिएको अर्का किसान केशर बहादुर वलीले बताए ।

आलुखेती जीविकोपार्जन गर्ने किसानहरु यो वर्ष ठुलो मारमा परेको उनको भनाई छ । पाखापानी टोलमात्र सिजनमा एक हजार क्विन्टल भन्दा बढी आलु उत्पादन हुने गरेको तर यो सिजनमा गाउँभरको झन्डै दुईसय देखि तीन सय क्विन्टल कुहिएको वलीले बताए । बागचौर नगरपालिका वडा ११ र १२ आलु पकेट क्षेत्रमा रुपमा चिनिने गर्छ । साविकको वाफुखोलाबाट मात्र वार्षिक १० करोड भन्दा बढीको आलु निकासी हुने गरेको छ । 

आलु कुहिएपछि माटो र आलु परीक्षणका लागि सुर्खेत पठाइएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ । कार्डिनल, कुफ्री ज्योति जातका आलु खेति गरिने उक्त क्षेत्रमा कार्डिनल जातको आलुमा कुहिने समस्या बढी देखिएको कार्यालयका अधिकृत प्रवीण आचार्यले बताए । ब्याक्टेरिया जन्य सफ्ट रट रोगका कारण आलु कुहिने समस्या देखिएको हुन सक्ने उनको भनाई छ । सफ्ट रट रोगका कारण हो वा अन्य कुनै कारण हो त्यसका लागि माटो र रोगि आलुको नमुना बाली संरक्षण प्रयोगशाला सुर्खेत पठाइएको आचार्यले बताए । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top