ट्रेण्डिङ

होमपेज / अर्थ

सल्यान उद्योग बाणिज्य संघको १० औै बार्षिक साधारणसभा तथा ८ औै अधिवेशन सुरु

  सल्यान खबर डेस्क २०७७ माघ २५ गते आइतबार १७:३६:४० मा प्रकाशित

माघ २५,सल्यान 
नेपाल उद्योग बाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष  पदम बहादुर शाहीले टिमुर, फलफुल, तरकारी उत्पादनको हिसाबले  सल्यान  धेरै सम्भावनायुक्त जिल्ला भएको बताएका छन् । कृषि, पर्यटन, धार्मिक  हिसाबले निकै सम्भावनायुक्त जिल्ला भएपनि स्थानीय सरकार र उद्योग वाणिज्य संघ बिच समन्वयको अभाव हुँदा समस्या आएको बताए । 

 कोरोना महामारीले औद्योगिक क्षेत्रमा धेरै असर परेकाले उद्योगी व्यापारीले समस्या झेल्नु परेको बताए  । आइतबार सल्यान उद्योग बाणिज्य संघको १० औै बार्षिक साधारणसभा तथा ८ औै अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै शाहीले स्थानीय तह सरकार गठन भएको तीन वर्ष बितिसक्दा पनि स्थानीय सरकार र वाणिज्य संघ बिच समन्वय सहकार्यको अभाव रहेको बताए । स्थानीय तहमै रोजगारी सृजना गर्न जिल्लामा उत्पादन भएका बस्तुहरुलाई बजारीकरण गरी प्रवद्र्धन गर्नु पर्ने बताए । कर्णाली प्रदेशमा कृषि उत्पादनको प्रचुर सम्भावना भएपनि बजारीकरणको समस्या रहेको बताए ।

जिल्ला समन्वय समिति सल्यानका प्रमुख केश बहादुर बिष्टले कृषि उत्पादनलाई बृद्धि गर्न आगामी दिनमा योजना बनाएर जानु पर्नेमा जोड दिए । जिल्लाको विकास गर्न नीजि लगानीको वातावरण पनि निमार्ण गर्नु पर्ने बताए ,। 
नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य सुरकृष्ण बैधले उद्योगी व्यावसायीलाई करको दायारामा ल्याउनु पर्ने बताए । 

सल्यान उद्योग बाणिज्य संघका अध्यक्ष वीर बहादुर चलाउनेको अध्यक्षतामा भएको कार्यक्रममा बागचौर नगरपालिकाका नगरप्रमुख लोकमान बुढाथोकीले बाणिज्य सस्था सबैको साझा सस्था भएको बताए । यस्तै कार्यक्रममा त्रिवेणी गाउँपालिकाका अध्यक्ष मान बहादुर डाँगी  सल्यान उद्योग बाणिज्य संघका सस्थापक अध्यक्ष भोलानाथ खड्की, संघका पुर्व अध्यक्ष टोपेन्द्र शर्मा, प्रमुख जिल्ला अधिकारी हेमराज तामाङ , आन्तरिक राजस्व कार्यलय दाङका  कर अधिकृत गापिकृष्ण कोइराला ,नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सचिब कर्ण बहादुर बुढाथोकी छहारी, नेपाली कांग्रेस सल्यानका पार्टी अध्यक्ष गणेश चन्दले मन्तव्य राखेका थिए ।  


 

प्रतिक्रिया

सम्बन्धित खवर

Top