ट्रेण्डिङ

होमपेज / अर्थ

सल्यानको एउटै गाउँमा पाँच करोडको सुन्तला

  सल्यान खबर डेस्क २०७७ माघ ३ गते शनिबार १६:३५:०४ मा प्रकाशित

माघ३,सल्यान 
सुन्तला गाउँको रुपमा चिनिएको जिल्लाको बागचौर नगरपालिका ८÷९ का किसानले वार्षिक पाँच करोड बराबरको सुन्तला उत्पादन गर्दै आइरहेका छन् । 

यद्यपि यस वर्षको उत्पादन गत वर्षको तुलनामा कम भएको किसानहरुले बताएका छन् । दाना लाग्ने सयममा वर्षा भएका कारण सुन्तला उत्पादनमा गिरावट आएको किसानहरुको भनाई रहेको छ । 
विश्वभर फैलिएको कोरोना भाइरस रोगका कारण व्यापारीहरु बगैचामा आउन हिच्किचाएको बागचौर नगरपालिका ९ का किसान अंगेश्वर डाँगीले बताए । विगत २८ वर्षदेखि व्यावसायिक सुन्तला खेती गर्दै आइरहेका डाँगीले कोटमौलाबाट मात्र वार्षिक ५ करोड भन्दा बढीको सुन्तला उत्पादन हुँदै आइरहेको बताए ।

 कोटमौलाका मात्रै झन्डै पाँच सय किसानहरुको प्रमुख खेतीको रुपमा सुन्तला खेती रहेको छ । कोटमौलाका किसानले सुन्तला बिक्रीबाट वार्षिक ५ लाखदेखि ३० लाख रुपैयाँसम्म कमाउने गरेको रेशम डाँगीले बताए । ३५ रोपनी क्षेत्रफलमा करिब पाँच सय बोट लगाएका रेशमले गत वर्ष मात्र ९ लाख आम्दानी गरेका थिए । यो वर्ष पनि कोरोना र उत्पादन नै कम भएकाले केही घट्ने बताए । 
यस्तै गत वर्ष ३४ लाख सुन्तला बिक्री गरेको भरतनाथ योगीले यो वर्ष भने उत्पादनमा कमी आउने बताए । व्यापारीहरु अहिलेसम्म नआएको र सुन्तलाको आकार पनि सानो भएकाले गर्त वर्षको तुलनामा कमी आउने बताए । 

सल्यानमा एक हवार पाँच सय बीस हेक्टर क्षेत्रफलमा सुन्तला खेती हँुदै आइरहेको कृषि विकास कार्यालय सल्यानले जनाएको छ । हाल ९ सय ८० हेक्टरमा सुन्तला उत्पादन भइरहेको कार्यालयका सूचना अधिकारी रेशमकुमार बस्नेतले बताए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top