ट्रेण्डिङ

होमपेज / अर्थ

सल्यानका किसान आधुनिक कृषि यान्त्रीकरणमा आकर्षित

  सल्यान खबर डेस्क २०७७ पौष १६ गते बिहीबार १५:३७:५९ मा प्रकाशित

पुस १६,सल्यान 
सल्यानमा पछिल्लो समय कृषिमा यान्त्रीकरणको प्रयोग बढ्दै जान थालेको छ ।

यान्त्रीकरणले लागत कम हुने र छिटो छरितोबाट काम हुने भएपछि किसानहरु लाभान्वित समेत भएका छन् । 
खेतबारी जोत्न हाते ट्याक्टर, धान गहुँ झाट्ने यान्त्रीकरणको प्रयोग बढ्दै गएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ । सरकारी अनुदान नपाउने किसानहरुले पनि पछिल्लो समय आफैले किनेर उपकरण प्रयोग गर्न थालेको कृषि विकास कार्यालय सल्यानका कार्यालय प्रमुख महेश आचार्यले बताए । 

श्रम र समयको बचत, सिमित जनशक्तिबाट पर्याप्त काम हुने भएपछि जिल्लाका किसान उपकरणको प्रयोगतर्फ आकर्षित भएको उनको भनाई छ । उनले भने कृषि विकास कार्यालयले सहुलियत अनुदानमा यान्त्रीकरणको प्रयोग बढ्दै गएको छ । 
चालु आर्थिक वर्षमा यान्त्रीकीकरण खरिदका लागि ४८ लाख बजेट भएको भएता पनि अहिले दुई करोड भन्दा बढीको माग आइ सकेको कार्यालय प्रमुख आर्चायले बताए । 

गत वर्ष कार्यालयले मात्रै विभिन्न शिर्षकमा दुई सय भन्दा बढी हाते ट्याक्टर लगायतका उपकरण किसानहरुलाई वितरण गरेको उनले बताए । 
जिल्लामा अधिकतम उपकरण प्रयोग गर्दै आएको कालिमाटी गाउँपालिका २ का किसान डम्बर केसीले बताए । गोरु पाल्नु भन्दा उपकरणको माध्यमबाट काम गर्दा लागत कम  लाग्ने भएकाले यान्त्रीकरणको प्रयोग बढ्दै गएको उनको भनाई छ ।

 उनका अनुसार स्थानीय पालिका, प्रदेश र संघीय सरकारले उपकरणमा ५० प्रतिशत अनुदान दिदै आएको छ । तर किसानहरुलाई नयाँ प्रविघिमा आकर्षित गर्न ९० प्रतिशतसम्म दिनु पर्छ । पुरातन खेती प्रणालीमा लागत मूल्य समेत नउठ्ने भएपछि युवा पुस्ता यान्त्रीकरण तर्फ आकर्षित भएका छन् । 


 

प्रतिक्रिया

सम्बन्धित खवर

Top