ट्रेण्डिङ

होमपेज / स्वास्थ्य

सल्यानमा पहिलो पटक २५ जनामा कोरोना भाइरसको संक्रमण

  दिपक शर्मा २०७७ जेठ १७ गते शनिबार २३:०२:१२ मा प्रकाशित

दिपक शर्मा जेठ १७, सल्यान 
सल्यान जिल्लामा पहिलो पटक कोरोना संक्रमित व्यक्ति भेटिएका छन् । 
प्रदेश अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा २५ जनाको पिसिआर रिर्पोट पोजेटिभ आएको हो । संक्रमित सबै बनगडा कुपिण्डे नगरपालिकाका रहेका छन् । एक हप्ता अघिमात्र भारतबाट उनीहरु आएका थिए । 


संक्रमित हुनेमा बनगाड कुपिण्डे नगरपालिका वडा न १ का १९, २०, ४० ६० वर्षिय पुरुष, वडा न २ का १९ वर्षिय पुरुष, वडा न ३ का १७, २७, २७, ३८, वडा न ४ का १८, ३३, ४४ वर्षिय पुरुष रहेका छन् । यस्तै वडा न ६ का ११, १६, १८, १९, २०, २१, २१, २१, २५, २८, ३० र ३६ वर्षिय पुरुष र वडा न ७ का ३८ वर्षिय रहेका छन् । 
संक्रमित सबै क्वारेनटाइनमा बस्दै आइरहेका छन् । यो सँगै कर्णाली प्रदेशमा संक्रमितको संख्या १ सय ५ पुगेको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top