ट्रेण्डिङ

होमपेज / स्वास्थ्य

थप तीन जनामा कोरोना संक्रमण

संक्रमितको संख्या २९५ पुग्यो

  सल्यान खबर डेस्क २०७७ जेठ ४ गते आइतबार २०:०५:४२ मा प्रकाशित

प्रदेश १ मा आइतबार तीन जनामा कोरोना पुष्टि भएको छ । विराटनगरमा दुई जना र धनकुटाका एक जनामा कोरोना देखिएको हो । 

प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेका अनुसार विराटनगरका २९ र ३६ वर्षका व्यक्तिमा कोरोना देखिएको हो ।

यस्तै धनकुटामा ३४ वर्षीय महिलामा कोरोना देखिको छ ।  योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३९ पुगेको छ । तीमध्ये १७ जना उपचारपछि निको भएका छन् ।

यसैबीच तीन संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २९५ पुगेको छ। संक्रमितमध्ये दुई जनाको मृत्यु भएको छ भने ३६ जना निको भएर घर फर्किएका छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top