होमपेज / स्वास्थ्य
जेठ ४, २०७७
नेपालमा थप १० जनामा काेरोना संक्रमण देखिएकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज विहान सार्वजनिक गरेकाे तथ्यांक अनुसार थप १० जनामा संक्रमण पुष्टि भएकाे हाे।
राजपुर नगरपालिका फरदहवा-९ मा सात जना र इशनाथ नगरपालिका वडा नम्बर ३ र ५ मा तीन जनासहित जिल्लामा एकैदिन १० नयाँ सक्रमित भेटिएका हुन्। रौतहटमा भेटिएका १० जनासहित नेपालमा कोरोना संक्रमित संख्या २९१ जना पुगेको छ।
फरहदवा र इशनाथमा भेटिएका संक्रमितहरूको स्वास्थ्यअवस्था सामान्य रहेको मन्त्रालयले जानकारी गराएको छ।