ट्रेण्डिङ

होमपेज / स्वास्थ्य

सल्यानमा पाठेघर मुखको क्यान्सर पहिचान तथा उपचार शिविर सम्पन्न

  सल्यान खबर डेस्क २०८१ फाल्गुण २५ गते आइतबार २०:३०:३९ मा प्रकाशित

फागुन २५ सल्यान । 

सल्यानको शारदा नगरपालिकाको आयोजनामा पाठेघर मुखको क्यान्सर समयमै पत्ता लगाई उपचार गर्ने उद्देश्यले वडा नम्बर ७, कजेरी स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। नगर प्रमुख प्रकाश भण्डारीले उद्घाटन गरेको उक्त शिविरमा विभिन्न परीक्षण तथा उपचार सेवा प्रदान गरिएको थियो।
शिविरमा वडा नं. ७ का अध्यक्ष लिला बहादुर रोका तथा स्थानीय जनप्रतिनिधि र कर्मचारीले सहयोग गरेका थिए । 

शिविरमा ४२ जना महिलाको परीक्षण गरिएको थियो, जसअनुसार २७ जनाको पाठेघर मुखको क्यान्सर परीक्षण (VIA परीक्षण)  गरिएको छ। उनिहरूमा १ जनामा क्यान्सर पोजेटिभ देखिएको छ र उनलाई थप उपचारका लागि सल्यान अस्पतालमा सिफारिस गरी शल्यक्रिया (प्रेसन) गरिएको छ। त्यस्तै स्तनमा गाठागुठी परीक्षण १ जनामा गरिएको स्वास्थ्यकर्मी रविन विष्टले जनाएका छन।
पाठेघर खसेको परीक्षणमा ७ जनामा पहिलो डिग्री र ३ जनामा दोस्रो डिग्री भएको भेटिएको छ। दोस्रो डिग्रीका ३ जना विरामीलाइ रिङ पेसरी राखिएको छ।
शिविरमा २ जना बिरामीलाई थप उपचारका लागि शल्यक्रिया सिफारिस गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top