ट्रेण्डिङ

होमपेज / स्वास्थ्य

सल्यान कपुरकोट गाउँपालिकामा निःशुल्क आँखा शिविर: ३ सय बढी लाभान्वित

  सल्यान खबर डेस्क २०८१ माघ १२ गते शनिबार २०:२१:०० मा प्रकाशित

माघ १२,सल्यान
सल्यानको कपुरकोट गाउँपालिकामा निःशुल्क आँखा जाँच शिविर सञ्चालन गरिएको छ । राप्ती आँखा अस्पताल, तुलसीपुर दाङको प्राविधिक सहयोगमा कपुरकोट गाउँपालिकाले शिविर सञ्चालन गरेको हो । 

 शिविरमा १९४ महिला र ११९ पुरुष  गरी ३०९ जनाको  आँखा जाँच गराएको कपुरकोट गाउँपालिकाले जनाएको छ ।  चेकजाँच पश्चात १८७ जनालाई चस्मा वितरण गरिएको छ ।
 चेकजाँच गरिएका विरामीहरुमध्ये ५९ जनालाई मोतियाविन्दु, ४२ जनालाई मोतियाविन्दुको अपरेसन गर्नुपर्ने, ९ जनाको दृष्टि दोष, १०१ जनालाई बुढेसकालमा हुने दृष्टी दोष भएको र ११२ जनाको आखाँमा बोसो पलाएको भेटिएकोकपुरकोट गाउँपालिका  स्वास्थ्य शाखा प्रमुख सुवाश हमालले जानकारी दिनु भयो ।
 शिविरमा ५ वर्ष मुनिका ५ जना बालक र ४ बालिकाहरुको समेत आखाँ जाँच गरिएको उहाँको भनायृ छ । 

शिविरले स्थानीय नागरिकहरूलाई आँखासम्बन्धी समस्याहरू पहिचान गर्न सहयोग पुर्‍याएको र आवश्यक परामर्श तथा उपचारका लागि सजिलो बनाएको कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर पुनले बताउनुभयो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top