ट्रेण्डिङ

होमपेज / स्वास्थ्य

सल्यानको त्रिवेणीमा निःशुल्क कान शिविर, ३४४ लाभान्वित

  सल्यान खबर डेस्क २०८१ कार्तिक २९ गते बिहीबार २१:०७:२६ मा प्रकाशित

कात्तिक २९,सल्यान 
सल्यानको त्रिवेणी गाउँपालिकाले सञ्चालन गरेको एक दिने कान सम्बन्धि निःशुल्क स्वास्थ्य शिविरबाट ३४४ जना लाभान्वित भएका छन् । गाउँपालिकाको आयोजना र ब्रिनोज कान सामुदायिक सेवा नेपालगञ्जको प्राविधिक सहयोगमा दुई स्थानमा भएको एक दिने शिविर सम्पन्न भएको हो । 

बुधबार काभ्रा स्वास्थ्य चौकी त्रिवेणी १ मा १५५ जना र बिहिबार त्रिवेणी स्वास्थ्य चौकी त्रिवेणी ६ लुहाममा  भएको शिविरमा १८९ जना नागरिकको निःशुल्क कान जाँच गरिएको छ । जाँच गरिएका मध्ये ४० जना बिरामीलाई रिफर गरिएको व्रिनोज कान सामुदायिक सेवाका प्रतिनिधि भिषण कुमार चौधरीले जानकारी दिनु भयो । 

बिहिबार लुहामा भएको शिविरमा ९६ पुरुष र ९३ महिलाले सेवा लिएका छन् । शिविरमा ८ जनामा कान पाक्ने रोग २८, कानमा पानी जमेको ४, काने गुजी २३, अप्रेशन गर्नु पर्ने ७, कान कम सुन्ने हेरिग एड लगाउने ६ जना फेजा परेको त्रिवेणी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रभात श्रेष्ठले जानकारी दिनु भयो । कानको समस्या भएकाहरुलाई आवश्यक सामाग्री र औषधी समेत निःशुल्क वितरण गरिएको उहाँको भनाई छ । 

जिल्लामै पहिलो पटक गाउँपालिकाले कान सम्बन्धि स्वास्थ्य शिविर सञ्चालन गरेको गाउँपालिका अध्यक्ष खिम बहादुर रावतले जानकारी दिनु भयो । नागरिकको स्वास्थ्यको सवालमा स्थानीय सरकार गम्भीर रहेको उहाँले बताउनु भयो । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top