ट्रेण्डिङ

होमपेज / स्वास्थ्य

दुर्गमका नागरिकलाई नेपाली सेनाको निःशुल्क स्वास्थ्य सेवा

  सल्यान खबर डेस्क २०८१ कार्तिक ११ गते आइतबार १९:३५:५८ मा प्रकाशित

कार्तिक ११, सल्यान 
सल्यानमा नेपाली सेनाले दुर्गम क्षेत्रका नागरिकलाई निशुल्क स्वास्थ्य सेवा दिएको छ । सल्यान सिमखर्क स्थित श्री सिद्धिवक्स गण सल्यानले एक दिने निशुल्क स्वास्थ्य शिविरको आयोजना गरि निशुल्क स्वास्थ्य सेवा दिएको हो ।

दुर्गमका नागरिकलाई मध्यनजर गरि सिद्धकुमाख गाउँपालिका १ र  २ भडारेमा स्वास्थ्य शिविरको आयोजना गरि सेवा दिएको श्री सिद्धिवक्स गण सिमखर्कका प्रमुख सेनानी कृष्णचन्द्र ठकुल्लाले जानकारी दिनुभयो । उहाँका अनुसार १९ नम्वर वाहिनी तुलसीपुर दाङ र श्री सिद्धिवक्स गण सिमखर्कले एक दिने सेवा दिएको हो ।
स्वास्थ्य शिविरमा जेष्ठनागरिक, महिला र वालवालिकाले सेवा लिएको नेपाली सेनाले जनाएको छ  ।

 शिविरमा विशेषज्ञ डाक्टर सहितको टोलीले ७० जना विरामीलाई सेवा प्रदान गरेका थिए । शिविर हाडजोर्नी, स्त्रीरोग, बाल रोग, नाक, कान घाटी लगायतको रोगको उपचार गरिएको थियो । नेपाली सेना वाट पहिलो पटक स्वास्थ्य उपचार सेवा पाएपछि स्थानीयले खुसी ब्यक्त गरेका थिए । नेपाली सेना र नागरिक विच पारस्परिक सम्वन्ध वढाउने उदेश्य सहित दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा सञ्चालन गरेको उहाँले बताउनु भयो । सेनाको सामाजिक तथा जनहित कार्य अन्तर्गत स्वासथ्य शिविरको आयोजना गरिएको प्रमुख ठकुल्लाले बताउनु भयो ।


यस्तै नेपाली सेना र स्थानीय युवा विच मैत्रीपूर्ण भलिवल प्रतियोगिता सम्पन्न भएको छ । श्री सिद्धमावी भडारेको प्राङगन भएको प्रतियोगितामा पहिलो सेटमा श्री सिद्धीवक्स गणलाई सिद्ध कुमाख गाउँपालिका २ का स्थानीय युवाले २२–२४ सेटमा हराएका थिए । यस्तै दोश्रो खेलमा श्री सिद्धीवक्स गणलाई वडा नम्वर १ का युवाहरुले २६–२४को सेटमा हराएका थिए । प्रतियोगितामा विजेता खेलाडीलाई खेलकुद समाग्री प्रदान गरिएको थियो । कार्यक्रममा सिद्धकुमाख गाउँपालिका उपाध्यक्ष रामवहादुर वस्नेत , वडा नम्वर १ का अध्यक्ष रमेश चलाउने, २ का  अध्यक्ष मेघराज वुढाथोकी, सिद्धमावी भडारेका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष अर्जुन चलाउने र प्रधानाध्यापक हरिहर वुढाथोकीलगायतको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top