होमपेज / स्वास्थ्य
असोज १७ सल्यान
सल्यान बनगाड कुपिण्डे नगरपालिकाको आयुर्वेद शाखाले सार्वजनिक विदाको दिन पनि सेवा दिदै आएको छ ।
आयुर्वेद शाखाले प्रत्येक महिना २ गते र १७ गते ढोरपिपलमा नियमित शिविर गर्दै आएको शाखा प्रमुख हेमन्त चन्दले बताउनु भएको छ । उहाँका अनुसार जस्तो सुकै विदा पर्व परेपनी यो शिविर नियमित संचालन हुने बताउनु भएको छ । हातखुट्टा तथा जोर्नी दुख्ने, ग्यास्टी, बाथ, पाइलस, खोकी दम, लगाएतका विरामीहरु आउने गरेको उहाले बताउनु भएको छ ।
लड्नको निहु भएर हातखुट्टाको जोर्नी जाम भएको र अहिले बिस्तारै सन्चो हुँदै गएको बनगाड कुपिण्डे नगरपालिका ७ का ५० वर्षका टेकबहादुर कवरले बताउनु भएको छ । उहाले भन्नू भयो एलोपेथिक भन्दा आयुर्वेदीक औषधिले आफुलाई धेरै राम्रो काम गरेको समेत बताउनु भएको छ ।
त्यस्तै कमला घर्तीले पनि आफ्ना हातखुट्टा तथा जोर्नी दुख्ने गरेकोमा आयुर्वेदिक औषधि प्रयोगले सन्चो भएको समेत बताउनु भएको छ । ढोरपिपलमा शिविरमा बनगाड कुपिण्डे नगरपालिकाका वडा न ७, ८, ९, १० र ११ गरि एक सय भन्दा बढी विरामीहरु नियमित चेकजाँच विरामी सन्चो हुँदै गएकोले विरामीहरुको संख्या बढ्दै गएको छ ।