ट्रेण्डिङ

होमपेज / स्वास्थ्य

नेपाली कांग्रेस सल्यानद्धारा सल्यान जिल्ला अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण

  सल्यान खबर डेस्क २०७८ श्रावण २० गते बुधबार १३:३३:३० मा प्रकाशित

साउन २०,सल्यान 
नेपाली कांग्रेस सल्यानद्धारा सल्यान जिल्ला अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । बुधबार नेपाल तरुण दलका केन्द्रिय महासचिव भुपेन्द्र जङ्ग शाहीको आर्थिक सहयोग र नेपाली कांग्रेस सल्यानको पहलमा अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।

हस्तान्तरण गरिएको स्वास्थ्य सामाग्रीमा पिपिई सेट ५१ थान, फेस सिल ३० थान, ग्लास ४ थान लगायतका स्वास्थ्य सामाग्री रहेको नेपाली कांग्रेस सल्यानका सचिव प्रकाश भण्डारीले जानकारी दिए । उनका अनुसार अस्पताललाई १ लाख ५० हजार बढीको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । जिल्लामा स्वास्थ्य सामाग्रीको कमी हुन नदिनु र स्वास्थ्यकर्मीलाई सधै सुरक्षित राख्नु पहिलो दायित्व भएको सचिव भण्डारीले बताए ।

  स्वास्थ्य सामाग्री स्वास्थ्य सेवा कार्यालय सल्यानका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक दशरथ श्रेष्ठ र डा. प्रदीप शर्मालाई पार्टीका जिल्ला सचिव चक्र देवकोटा, महाधिवेशन प्रतिनिधि प्रेम डाँगी, जिल्ला सदस्यहरु  शुसिला खड्का, सुरेश अधिकारी, डिल्ली बुढाथोकी लगायतले सयूक्त रुपमा हस्तान्तरण गरेका थिए । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top