ट्रेण्डिङ

होमपेज / स्वास्थ्य

जिल्लाको दार्मामा कोभिड अस्पताल तथा आइसोलेसन भवन उद्घाटन

  प्रकाश शर्मा २०७८ श्रावण १५ गते शुक्रबार १७:२७:२१ मा प्रकाशित

प्रकाश शर्मा साउन १५,सल्यान 
जिल्लाको दार्मा गाउँपालिका –३ थुम्केसल्लीमा कोभिड अस्पताल तथा आइसोलेसन भवन निमार्ण गरिएको छ । कोभड १९ को तेस्रो चरणबाट हुन सक्ने सम्भावित जोखिमलाई न्युनिकरण गर्नभन्दै १५ शैय्याको कोभिड अस्पताल निमार्ण गरिएको हो । 

कर्णाली प्रदेश सरकारको ५० लाख लागतमा १५ शैय्याको अस्पताल निमार्ण गरि शुक्रबार उद्घाटन गरिएको गाउँपालिका अध्यक्ष निम बहादुर केसीले बताए । कोरियन प्रविधिबाट ६० दिनमा भवन निमार्ण सम्पन्न गरेको उनको भनाई छ । कोरोना भाइरसले स्वरुप परिवर्तन गरेर आइरहेकाले त्यसबाट हुन सक्ने जोखिमलाई मध्यनजर गरी पूर्व तयारी स्वरुप भवन निमार्ण गरिएको उनको भनाई छ । 

भवन उद्घाटन कार्यक्रममा बोल्दै कर्णाली प्रदेश मुख्यमन्त्रीका राजनीतिक सल्लाहाकार भीम प्रकाश शर्माले कोरोना महामारीको समयमा जनताको रक्षा गर्नु सरकारको पहिलो कतव्र्य भएको बताए । जनता प्रति कर्णाली प्रदेश सरकार उत्तरदायी रहेको बताउँदै उनले प्रदेश सरकार र स्थानीय सरकारबिच समन्वय गरी अघि बढ्नु पर्ने बताए । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top