ट्रेण्डिङ

होमपेज / स्वास्थ्य

नेपाल रेडक्रस सोसाइटी सल्यानद्धारा दार्मा गाउँपालिकालाई स्वास्थ्य सामाग्री हन्तान्तरण

  प्रकाश शर्मा २०७८ श्रावण ९ गते शनिबार ११:३२:४४ मा प्रकाशित

प्रकाश शर्मा साउन ९,सल्यान 

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सल्यानद्धारा दार्मा गाउँपालिकालाई कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धी सामाग्री हस्तान्तरण गरेको छ । शुक्रबार एक कार्यक्रमका बिच गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो । 

प्रदान गरिएको सामाग्रीमा पिपिइ सेट २५ थान, स्यानिटाइजर १०० एमएलको १०० बोटल, पल्स अक्सिमिटर ९ वटा, थर्मलगन ९ वटा, एन्टीजेन किट २ सय ५०, अक्सिजन कन्सनट्रेटर, २ थान, वाटर डिस्पेन्सर १ थान, फेस सिड ५० थान, ग्लोब्स १० पाकेट, वेड सिट ३२ थान र  ५ कार्टुन साबुन गरी करिब ५ लाख बराबरको सामाग्री हस्तान्तरण गरिएको नेपाल रेडक्रस सोर्साटी जिल्ला शाखा सल्यानका सभापति यौवन प्रकाश श्रेष्ठले जानकारी दिए ।  

एकीकृत सामुदायिक उत्थानसिल परियोजना फिनिस रेडक्रस को आर्थिक सहयोगमा गाउँपालिकालाई सो सामग्री  हस्तान्तरण  गरिएको हो  । हस्तान्तरण  कार्यक्रममा रेडक्रस  जिल्ला सभापति यौवन प्रकाश श्रेष्ठ ,कोषाध्यक्ष ज्ञान प्रकाश शर्मा ,उपमहासचिब कल्पना सेजवाल परियोजना अधिकृत रामप्रसाद भन्डारी र विपद् अधिकृत कृष्णप्रसाद  पोख्रेलको उपस्थिति रहेको थियो । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top