ट्रेण्डिङ

होमपेज / स्वास्थ्य

दार्मा गाउँपालिकाका जेष्ठ नागरिक र गर्भवती महिलाको घरदैलौमै स्वास्थ्य परीक्षण

  प्रकाश शर्मा २०७८ असार १८ गते शुक्रबार १७:१७:२९ मा प्रकाशित

प्रकाश शर्मा असार १८,सल्यान 
जिल्लाको दार्मा गाउँपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाको घरदैलोमै पुगेर स्वास्थ्य परीक्षण गरेको छ । कोभिड १९ नियन्त्रण तथा रोकथाम गर्न भन्दै प्रशासनले निषेधाज्ञा जारी गरेपछि उपचार गर्न समस्या भएपछि गाउँपालिकाले घरदैलोमै पुगेर स्वास्थ्य परीक्षण गरेको हो । 

गाउँपालिकाका चार स्थानमा सञ्चालन गरिएको घरदैलो कार्यक्रममा २ सय ८० भन्दा बढी नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको गाउँपालिका अध्यक्ष निम बहादुर केसीले बताए । उनका अनुसार २ सय ४ जना जेष्ठ नागरिक र ७६ जना गर्भवती महिलाहरुको स्वास्थ्य परीक्षण गरिएको छ । जनतालाई घरआगनमै सेवा प्रवाह गर्ने उद्देश्यले सञ्चालन गरिएको स्वास्थ्य शिविरले आर्थिक रुपमा कमजोर रहेका परिवारलाई निकै राहत मिलेको उनको भनाई छ । 

घरदैलो कार्यक्रममा जेष्ठ नागरिकको लागि निःशुल्क औषी, सुगर तथा रक्तचापको चेकजाँच र गर्भवती महिलाको भिडियो एक्सरे गरिएको स्वास्थ्य शाखा प्रमुख यज्ञ बहादुर बस्नेतले बताए । भिडियो एक्सरे गर्न सल्यान जिल्ला अस्पताल तथा रुकुम पश्चिमको चौरजहारी जानु पर्ने बाध्यता रहेको र वर्षाको समयमा भएका आवातजावत गर्न कठिनाई हुने भएपछि गाउँपालिकाले शिविर सञ्चालन गरेको उनको भनाई छ । 

स्वास्थ्य चौकी भल्चौरमा गरिएको शिविरमा ३७ जेष्ठ नागरिक र ६ महिना पुगेका १४ गर्भवती महिलाको अल्ट्रासाउन्ड गरिएको छ । यस्तै ढाकाडाम स्वास्थ्य चौकीमा ४२ जेष्ठ नागरिक र १८ गर्भवती महिला, दार्माकोट स्वास्थ्य चौकी ३८ जेष्ठ नागरिक र २२ गर्भवती महिलार र दार्मा आधारभूत स्वास्थ्य सेवा तथा प्रसुती केन्द्र थुम्केसल्लीमा ८६ जेष्ठ नागरिक र २२ गर्भवतीको स्वास्थ्य परीक्षण गरिएको छ । 
 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top