ट्रेण्डिङ

होमपेज / स्वास्थ्य

बागचौरमा राष्ट्रिय आविसकार केन्द्रको मिनि –अक्सिजन प्लान्ट

  सल्यान खबर डेस्क २०७८ असार १८ गते शुक्रबार १६:३१:२३ मा प्रकाशित

असार १८,सल्यान  सल्यानको बागचौर नगरपालिकामा मिनि –अक्सिजन प्लान्ट जडान गरिएको छ । 
कोभिड १९ को महामारीका बिच संक्रमितको लागि आवश्यक अक्सिजन अभाव हुन नदिन नगरपालिकाले स्थापना गरेको कोभिड १९ आइसोलेसन केन्द्रमा मिनि– अक्सिजन प्लान्ट जडान गरिएको हो । 

राष्ट्रिय आविस्कार केन्द्रको आर्थिक तथा प्राविधिक सहयोगमा अक्सिजन प्लान्ट जडान गरिएको बागचौर नगरपालिकाका मेयर लोकमान बुढाथोकीले बताए । मिनि –अक्सिजन प्लान्ट जडानपछि महामारी थप जटिल बने र संक्रमितलाई अक्सिजनको आवश्यकता परेको अवस्थामा अक्सिजनको अभाव नहुने उनको भनाई छ । 
प्रतिमिनेट ६५ लिटर अक्सिजन उत्पादन हुने र एकैसाथ १२ वटा वेडमा बिरामीलाई सिधै अक्सिजन दिन मिल्ने गरी मिनि –अक्सिजन प्लान्ट जडान गरिएको स्वास्थ्य शाखा प्रमुख हरि कठायतले बताए ।

  विभिन्न उपकरणको प्रयोगमा ७ वठा अक्सिमिटरबाट संकलन गरिएको अक्सिजन पाइप मार्फत बेडमा पु¥याइएको कठायतले बताए । मिनि अक्सिजन प्लान्ट जडान गरेपछि नगरपालिकामा अक्सिजनको चरम अभाव नहुने उनको भनाई छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top