ट्रेण्डिङ

होमपेज / स्वास्थ्य

रेरी बाँकेद्धारा बनगाड कुपिण्डे नगरपालिकाको आइसोलेसनमा स्वास्थ्य सामाग्री हस्तान्तरण

  इन्द्र बुढाथोकी २०७८ असार १० गते बिहीबार १५:५०:३४ मा प्रकाशित

इन्द्र बुढाथोकी असार १०,सल्यान 
रेरी बाँकेले बनगाड कुपिण्डे नगरपालिकाको आइसोलेसनमा स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

सस्थाकी सामाजिक परिचालनक सृष्टि शाहले उक्त स्वास्थ्य सामाग्री एक कार्यक्रमका बिच हस्तान्तरण गरेकी हुन । हस्तान्तरण गरिएको सामानमा एक वटा अअक्सिजन कन्सनट्रेटर अक्सिजनमिटर पाँच वटा  र पिपिइ सेट ६२ वटा रहेका छन्  । 

कोरोना संक्रमित बढ्दै गएको र यस्तो विपत्ति समयमा सबैले सहयोगको आवश्यक रहेको भन्दै थोरै भए पनि आफूँहरुले यस नगरपालिकाको आइसोलेसनमा  स्वास्थ्य सामाग्री सहयोग गरेको सामाजिक परिचालनक शाहले बताइन् । उक्त सामाग्री बुझ्दै स्वास्थ्य शाखा सिनियर अनमी सन्तोषी रावतले बुझ्दै धन्यवाद दिइन । 

अहिले यस्तो समयमा आएर सहयोग गरेकोमा रेरी सस्थालाइ धन्यवाद दिदै सबैलाई सक्दो सहयोग गर्न आग्रह समेत गरिन  । विपत्तिको समयमा केही भएपनि थोरै राहत हुने भएकोले आफुहरुले सक्ने सहयोग गर्न आग्रह गरिन ।  जेष्ठ ५ गते तथा गत वर्ष पनि उक्त सस्थाले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top