ट्रेण्डिङ

होमपेज / स्वास्थ्य

सल्यानमा निको भएर आधा भन्दा बढी सङ्क्रमित 

  सल्यान खबर डेस्क २०७८ असार २ गते बुधबार १४:५७:१० मा प्रकाशित

असार २,सल्यान 

जिल्लामा दोस्रो लहरको कोभिड १९ सङ्क्रमित मध्ये आधाभन्दा बढी निको भएका छन् । अहिलेसम्म ५ हजार १ सय १५ जनाको जाँच गर्दा  १ हजार ९ सय ७३ मा कोरोना पोजेटिभ देखिएको छ । सङ्क्रमित मध्ये १ हजार ६ सय १० डिस्चार्ज भइसकेका छन् । 

स्वास्थ्य सेवा कार्यालयका अनुसार जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ३ सय १४ रहेको छ । त्यसमा पनि २ सय ८४ जना होम आइसोलेसनमा छन् भन् २६ जना संस्थागत आइसोलेसन र ४ जना सल्यान अस्पतालमा रहेका छन् । 

जेठको दोस्रो हाताबाट जिल्लामा सङ्क्रमितको सङ्ख्या घट्दै गएको कार्यालयका सूचना अधिकारी थलराज डिसीले जानकारी दिए । प्रशासनले जारी गरेको निषेधाज्ञा र स्थानीय तहहरूले बस्ती स्तरमै गई कोरोना चेकजाँच गर्दा सङ्क्रमितको सङ्ख्या घटेको उनको भनाई छ । समुदाय स्तरमा भुसको आगो झैँ फैलिएको कोरोना अहिले नियन्त्रणमा रहेको उनको भनाई छ । 

जिल्लाको सदरमुकाम रहेको शारदा नगरपालिकामा सबैभन्दा धेरै ४ सय ९८ जना सङ्क्रमित भएका छन् । छत्रेश्वरी गाउँपालिकामा २ सय ६३, त्रिवेणी गाउँपालिकामा १ सय १७, कपुरकोट गाउँपालिकामा १ सय ४८, कालीमाटी गाउँपालिकामा १ सय ८ जना सङ्क्रमित रहेका छन् । यस्तै बागचौर नगरपालिकामा  १ सय ६७, बनगाड कुपिण्डे नगरपालिकामा १ सय ४६, सिद्ध कुमाख गाउँपालिकामा ६७, दार्मा गाउँपालिकामा १ सय ३७ र कुमाख गाउँपालिकामा ३ सय ६ सङ्क्रमित रहेका छन् । दोस्रो लहरको सङ्क्रमणका कारण जिल्लामा ४९ जनाको मृत्यु भइसकेको छ । 

संक्रमण नियन्त्रणका लागि गत वैशाख १९ यता जारी निषेधाज्ञा असार १० सम्मलाई तोकिएको छ । 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top