ट्रेण्डिङ

होमपेज / स्वास्थ्य

सल्यान जिल्ला अस्पतालका सम्पूर्ण सेवा भोलीदेखि सञ्चालनमा आउने

  सरिता चलाउने २०७८ असार १ गते मंगलबार १७:२१:३३ मा प्रकाशित

असार १,सल्यान 
कोरोना भाइरस संक्रमितको उपचार हुँदै आएको सल्यान जिल्ला अस्पतालमा सम्पूर्ण सेवा भोलीदेखि सञ्चालनमा ल्याउने भएको छ । 

कोरोना भाइरस संक्रमण तीब्र रुपमा फैलिएपछि अस्पतालले सम्पूर्ण सेवा बन्द गरेर कोभिड डेडिकेटेड सेवा मात्र सञ्चालन गर्दै आइरहेको थियो । 
कोरोना भाइरस संक्रमण घटेसँगै बुधबार (भोली) देखि अस्पतालका सम्पूर्ण सेवाहरु सञ्चालन गरिने स्वास्थ्य सेवा कार्यालय सल्यानका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक दशरथ श्रेष्ठले जानकारी दिए । 

संक्रमण दर र जटिल केशहरु  कमी आएपछि भोलीदेखि रोग संक्रमण न्युनिकरणका सम्पूर्ण मापदण्ड पुरा गरेर पहिले झै नियमित रुपमा सेवा प्रदान गरिने उनले बताए । यसअघि कोरोना भाइरस संक्रमित, आकस्मिक बिरामीहरुको मात्र उपचार हुँदै आइरहेको थियो । झन्डै दुई महिना पछि सल्यान अस्पतालले सम्पूर्ण सेवाहरु प्रदान गर्न थालेको हो । 
सल्यान जिल्ला अस्पतालको आइसोलेसनमा अहिले चार जना मात्र उपरारत रहेका छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top