ट्रेण्डिङ

होमपेज / स्वास्थ्य

सल्यानमा कोरोना संक्रमितको संख्या घट्दै, शुक्रबार आठ जना थपिदा ५० डिस्चार्ज

  सरिता चलाउने २०७८ जेठ २८ गते शुक्रबार १६:३६:३७ मा प्रकाशित

सरिता चलाउने जेठ २८,सल्यान
सल्यानमा दोस्रो लहरका रुपमा फैलिएको कोरोना भाइरसका संक्रमित हुनेको संख्या घट्दै जान थालेको छ । कुनै समय एकै दिन १ सय ५० जनासम्म थपिएको जिल्लामा अहिले संक्रमितको संख्या निकै कम रहेको छ । 

शुक्रबार २५ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा जम्ममा ८ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ । प्रशासनले जारी गरेको निषेधाज्ञा, स्थानीय तहहरुले समुदाय स्तरमै पुगेर कोरोना परीक्षण गर्दा संक्रमितको सख्ंया दिन प्रतिदिन घट्दै गएको कार्यालयका सूचना अधिकारी थलराज डिसीले जानकारी दिए । 

कार्यालयका अनुसार शुक्रबार शारदार नगरपालिका र सल्यान अस्पातलका २ पुरुष, छत्रेश्वरी गाउँपालिकाका १ महिला, कपुरकोट गाउँपालिकाका १ पुरुष, बागचौर नगरपालिकाका १ पुरुष र कुमाख गाउँपालिकाका २ महिलामा कोरोना पोजेटिभ देखिएको हो । 

शुक्रबार ८ जना संक्रमित थपिदा ५० जना भने निको भएका छन् । सल्यान अस्पताल, संस्थागत आइसोलेसन र होम आइसोलेसनमा रहेका ५० जनाले कोरोना जितेको डिसीले बताए । यससँगै वैशाख देखि हालसम्म १ हजार ५ सय १८ जना डिस्चार्ज भएका छन् । जिल्लामा हाल ३ सय ८१ सक्रिय संक्रमित रहेका छन् । जसमा सल्यान अस्पतालमा ११, संस्थागत आइसोलेसनमा २९ र होम आइसोलेसनमा ३ सय ४१ जना रहेका छन् । कोरोनाबाट जिल्लामा हालसम्म ५० जनाको मृत्यु भएको छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top