ट्रेण्डिङ

होमपेज / स्वास्थ्य

सल्यानका झन्डै एक हजार बालबालिकाले नियमित खोप पाएनन्

  सल्यान खबर डेस्क २०७८ जेठ २८ गते शुक्रबार १४:३७:३५ मा प्रकाशित

जेठ २८,सल्यान 
दोस्रो चरणको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण सल्यानका झन्डै एक हजार बालबालिकाले नियमित खोप पाउन सकेका छैनन् ।  

जिल्लामा वसेर्नी झन्डै ५ हजार बालबालिकाले नियमित खोप लगाउने गरेकोमा डेढ वर्षसम्मका ९ सय ९० बालबालिकाले जेठ महिनामा लगाउने नियमित खोप पाउन खोप सकेका छैनन् । कोरोना संक्रमणको डरले स्थानीय तहले खोप अभियान रोकेपछि बालबालिकाले बी.सि.जी, डि.पि.टी, दादुरा, रुबेला, जापानिज इन्सेफलाइटिस लगायतका खोप पाउन सकेका छैनन् । 

बाचचौर नगरपालिकाका ६ सय ६०, बनगाड कुपिण्डेका ३० र कुमाख गाउँपालिकाका भण्डै ३ सय बालबालिकाले खोप पाउन सकेका छैनन् । 
अधिकांश स्वास्थ्यकर्मी कोरोना नियन्त्रणमा खटिएकाले बालबालिकालाई नियमित खोप दिन नसकिएको बागचौर नगरपालिकाका स्वास्थ्य संयोजक हरिबहादुर कठायतले बताए । कोरोना संक्रमणको दर उच्च भएको अवस्थामा बच्चा र आमा जम्मा हुँदा जोखिम थप बढ्ने भएकाले रोकिएको उनको भनाई छ । 

यो वर्ष ८ सय ६० बालबालिकाले खोप लगाइरहेको भए पनि महामारीका कारण २ वडाका बालबालिका मात्र छुटेको बगगाड कुपिण्डे नगरपालिकाका स्वास्थ्य संयोजक वासुदेव पोखरेलले बताए ।  बालबालिका बञ्चित भएको भन्दा पनि कोरोनाका कारण ढिला भएको उनको भनाई छ । कोरोना दर उच्च भएका वडा न १ र ९ बाहेक अन्य सबै वडामा नियमित खोप सञ्चालन भएको पोखरेलले बताए । ती वडामा समेत अहिले संक्रमण दर कम भएकाले असारमा लगाइने उनको भनाई छ । उनले भने ‘एक महिना खोप ढिला हुँदैमा खास केही फरक पर्दैन । अन्य वडामा लगाइ सकिएको छ दुई वडाका झन्डै ३० बालबालिकालाई पनि असार भित्र लगाइ हाल्छौं ।’ 

जिल्लाको शारदा नगरपालिका, छत्रेश्वरी, त्रिवेणी, कपुरकोट लगायतका स्थानीय तहहरुले पनि नियमित खोपलाई निरन्तरता दिइरहेका बताएका छन् । कोरोना कहरका बिचमा गाउँघर क्लिनिक बन्द गरिए पनि नियमित खोप भने लगाई रहेको छत्रेश्वरी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख केशरी भट्टाईले बताइन । उनले भनिन ‘राष्ट्रिय कार्यक्रम भएकाले एकातिर आएको खोप बिग्रिने अर्को तिर बालबालिकोले खोप नपाउने अवस्था नआयोस भनेर  स्वास्थ्य मापदण्ड पालना गरी खोप लगाइयो ।’ 
 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top