ट्रेण्डिङ

होमपेज / स्वास्थ्य

सल्यानमा कोरोना निको हुनेको संख्या बढ्दो

  साबित्रा बस्नेत २०७८ जेठ २५ गते मंगलबार १८:५२:०५ मा प्रकाशित

जेठ २५,सल्यान 
सल्यानमा कोरोना संक्रमित निको हुनेको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । दोस्रो चरणको भेरिएन्ट सहितको कोरोनाको संक्रमण दर दुई साता यता ओरोलो लागेको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ । 

मंगलबार १४ जना नयाँ संक्रमित थपिदा ६१ जना निको भएर डिस्चार्ज भएका छन् । सल्यान अस्पताल , संस्थागत आइसोलेसन र होम आइसोलेसनमा बस्दै आइरहेका ६१ जनाले कोरोना जितेको कार्यालयका कोरोना फोकल पर्सन रिखाराम पुनले बताए । पछिल्लो समय संक्रमित थपिने भन्दा निको हुनेको सख्ंयामा वृद्धि आएको उनको भनाई छ । 

कार्यालयका अनुसार मंगलबार एन्टिजेन विधिबाट गरिएको परीक्षणमा  शारदा नगरपालिका र सल्यान अस्पतालका २ महिला र ४ पुरुष, छत्रेश्वरी गाउँपालिकाका ३ महिला र ३ पुरुष, बागचौर नगरपालिकाका १ पुरुष, र कुमाख गाउँपालिकाका १ महिलामा कोरोना पुष्टि भएको हो । ८६ जनाको परीक्षण गर्दा १४ जनामा मात्र कोरोना देखिएको उनको भनाई छ । 

वैशाख देखि हालसम्म १ हजार ३ सय ४ जनाको पिसिआर परीक्षण गर्दा ६ सय ७५ जनामा कोरोना पुष्टि भएको छ भने ३ हजार ५ सय ८२ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार २ सय ३० जनामा कोरोना पुष्टि भएको छ । संक्रमित मध्ये १ हजार ३ सय ११ जना निको भइ डिस्चार्ज भइसकेका छन् । जिल्लामा हाल ५ सय ४७ सक्रिय संक्रमित रहेका छन् । जसमा सल्यान अस्पतालमा १५, संस्थागत आइसोलेसनमा ३० र होम आइसोलेसनमा ५ सय २ रहेका छन् । कोरोनाबाट हालसम्म ४८ जनाको मृत्यु भइसकेको छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top