ट्रेण्डिङ

होमपेज / स्वास्थ्य

रुखबाट लडेर कुहिनोको हड्डी भाँचिएका बालकको सल्यान अस्पतालमा सफल शल्यक्रिया

  सल्यान खबर डेस्क २०७८ जेठ २५ गते मंगलबार १३:३५:१८ मा प्रकाशित

जेठ २५,सल्यान 
रुखबाट लडेर कुहिनोको  हड्डी भाँचिएका बालकको सल्यान अस्पतालमा सफल शल्यक्रिया गरिएको छ । छत्रेश्वरी गाउँपालिका २ का ८ वर्षीय टिकाराम अधिकारीको सफल शल्यक्रिया गरिएको सल्यान अस्पताल सल्यानले जनाएको छ ।

 कुहिनोको हड्डी भाँचिएर छाला बाहिर निक्लिएको अवस्थामा अस्पताल आएका बालकको सफल शल्यक्रिया गरिएको अस्पतालका डा. प्रदीप शर्माले जानकारी दिए । भाँचिएको स्थानमा पिन हालिएको र अहिले बालकको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उनको भनाई छ । 

निषेधाज्ञाको समयमा जिल्लामै उपचार हुन पाउँदा निकै खुशी लागेको बालककी आमा कमला अधिकारीले बताइन । जिल्ला बाहिर लगेको भए निकै खर्च हुने थियो , आम्दानी बन्द भएको समयमा जिल्लामै शल्यक्रिया हुँदा निकै सजिलो भएको उनको भनाई छ । 

कोभिड १९ को महामारीमा पनि स्वास्थ्य मापदण्ड अपनाएर इमर्जेन्सी शल्यक्रिया लगायत गर्भवती, सुत्केरी, परिवार नियोजना, र्दीघरोगको चेकजाँच र उपचार भइरहेको अस्पताले जनाएको छ । 


 

प्रतिक्रिया

सम्बन्धित खवर

Top