ट्रेण्डिङ

होमपेज / स्वास्थ्य

सल्यानका झन्डै चार हजार जेष्ठ नागरिकलाई चिनियाँ खोप लगाइदै

  सल्यान खबर डेस्क २०७८ जेठ २४ गते सोमबार १५:०२:१६ मा प्रकाशित

जेठ २४,सल्यान 
सल्यानका झन्डै चार हजार जेष्ठ नागरिकलाई चिनियाँ खोप लगाइने भएको छ । ६२ देखि ६४ वर्ष भित्रका झन्डै ३ हजार ९ सय ५३ जेष्ठ नागरिकलाई चिनियाँ खोप लगाउन थालिएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ । 

कार्यालयका अनुसार दार्मा गाउँपालिकाका ३ सय १४, कुमाख गाउँपालिकाका ३ सय ९३, बनगाड कुपिण्डे नगरपालिकाका ५ सय ७१, सिद्ध कुमाख गाउँपालिकाका २ सय १४ र बागचौर नगरपालिकाका ५ सय ४२ नागरिकलाई खोप लगाइने छ । 

यस्तै छत्रेश्वरी गाउँपालिकाका ४ सय ५०, शारदा नगरपालिकाका ५ सय ५१, कालिमाटी गाउँपालिकाका ३ सय ६५, त्रिवेणी गाउँपालिकाका २ सय ६४ र कपुरकोट गाउँपालिकाका २ सय ८९ जेष्ठ नागरिकलाई खोप लगाइने स्वास्थ्य सेवा कार्यालय सल्यानका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक दशरथ श्रेष्ठले जानकारी दिए ।  चिन सरकारबाट अनुदानको भेरोसेल नामक कोरोना विरुद्धको खोप स्थानीय तहको अनुकुलतामा २५ देखिदेखि २८ गतेसम्म खोप लगाइने श्रेष्ठको भनाई छ । 

६० वर्षदेखि ६४ वर्षसम्मका नागरिकलाई खोप लगाउने भनिए पनि स्वास्थ्य मन्त्रालयले ६२ देखि ६४ वर्षसम्मका नागरिकलाई मात्र लगाउन परिपत्र गरेपछि शोही अनुसारका जेष्ठ नागरिकलाई खोप लगाउन लागिएको उनको भनाई छ । 

स्थानीय तहको जम्मा जनसख्ंयाको १ दशमलव ७ ले भाग गर्दा जति संख्या हुन आउछ त्यसलाई आधार मानिएको छत्रेश्वरी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख केशरी भट्टराईले जानकारी दिइन । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top