ट्रेण्डिङ

होमपेज / स्वास्थ्य

सल्यानमा कोरोना निको हुनेको दर बढ्दै , आइतबार ९ थपिदा ८८ डिस्चार्ज

  सरिता चलाउने २०७८ जेठ २३ गते आइतबार १८:५०:०० मा प्रकाशित

सरिता चलाउने २३,सल्यान 
सल्यानमा आइतबार ९ जना नयाँ कोरोना संक्रमित थपिदा ८८ जना निको भएर डिस्चार्ज भएका छन् । पछिल्लो समय जिल्लामा संक्रमित थपिने भन्दा निको हुनेको संख्या बढ्दै गएको छ । 

स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार ७३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा जम्मा ९ जनामा कोरोना पोजेटिभ देखिएको हो । जसमा शारदा नगरपालिका १ महिला, छत्रेश्वरी गाउँपालिकाका १ महिला, बागचौर नगरपालिकाका १ पुरुष, सिद्ध कुमाख गाउँपालिकाका ४ महिला र १ पुरुष र कुमाख गाउँपालिकाका १ पुरुषमा कोरोना पोजेटिभ देखिएको छ । पछिल्लो समय कोरोना संक्रमितको दर घटेको कार्यालयका कोरोना फोकल पर्सन रिखाराम पुनले जानकारी दिए । 

आइतबार सल्यान अस्पताल , विभिन्न संस्थागत आइसोलेसन र होम आइसोलेसनबाट ८८ जनाले कोरोना जितेर निको भएको उनको भनाई छ । शनिबार मात्र १ सय ३ जनाले कोरोना जितेका थिए । 

कार्यालयका अनुसार हाल जिल्लामा सक्रिय संक्रमितको संख्या ६ सय ८ रहेको छ । जसमा सल्यान अस्पतालमा ११, संस्थागत आइसोलेसनमा २२ र होम आइसोलेसनमा ५ सय ७५ रहेका छन् । जिल्लामा कोरोनाबाट हालसम्म ४८ जनाको मृत्यु भएको छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top