ट्रेण्डिङ

होमपेज / स्वास्थ्य

अस्पताल ल्याउँदै गर्दा एक संक्रमितको बाटोमै मृत्यु

  सल्यान खबर डेस्क २०७८ बैशाख २९ गते बुधबार १४:३३:३८ मा प्रकाशित

वैशाख २९,सल्यान 
उपचारका लागि अस्पताल ल्याउँदै गर्दा सल्यानमा एक जनाको बाटोमै मृत्यु भएको छ ।

जिल्लाको कपुरकोट गाउँपालिका ६ का ६४ वर्षीय पुरुषको मंगलबार राती करिब ८ बजेतिर उपचारका लागि कपुरकोट गाउँपालिकामा रहेको कोभिड १९ अस्थायी अस्पतालमा ल्याउँदै गर्दा बाटोमै ज्यान गएको गाउँपालिको जनाएको छ । 

मृत्तकलाई दम र मदुमेहका बिरामी थिए । उनको २२ गते दाङको तुलसीपुरमा पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । मंगलबार राती नै बनगाड कुपिण्डे नगरपालिकाका ६ का एक पुरुषको पनि कोरोनाबाट नै मृत्यु भइसकेको छ । देवस्थल आइसोलेशनमा उपचार गराई रहेका उनको मृत्यु भएको थियो । 
कपुरकोट गाउँपालिकामा कोरोनाबाट मृत्यु हुनेको सख्ंया दुई पुगेको छ भने जिल्लामा १७ पुगेको छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top