ट्रेण्डिङ

होमपेज / स्वास्थ्य

कोरोनाबाट सल्यानमा थप एक जनाको मृत्यु

  इन्द्र बुढाथोकी २०७८ बैशाख २९ गते बुधबार ०८:४४:१४ मा प्रकाशित

इन्द्र बुढाथोकी वैशाख २९,सल्यान  कोरोना भाइरसबाट सल्यानमा थप एक जनाको मृत्यु भएको छ ।

जिल्लाको बनगाड कुपिण्डे नगरपालिका ६ का ४५ वर्षीय पुरुषको गएराती देवस्थल आइसोलेशनमा मृत्यु भएको बनगाड कुपिण्डे नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बासु पोखे्रलले जानकारी दिए । उनलाई तीन अघिमात्र कोरोना पोजेटिभ देखिएको थियो । यससँगै सल्यानमा कोरोनाबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ ।

यस्तै बनगाड कुपिण्डे नगरपालिका १ का ५० वर्षीय एक पुरुषको नेपालगञ्ज भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । २५ गते कोरोना पोजेटिटभ देखिएपछि उपचारका लागि भेरी अस्पतालमा भर्ना भएका थिए । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top