ट्रेण्डिङ

होमपेज / स्वास्थ्य

सल्यानमा थप दुई कोरोना संक्रमितको मृत्यु

  सल्यान खबर डेस्क २०७८ बैशाख २८ गते मंगलबार १५:३९:०३ मा प्रकाशित

वैशाख २८,सल्यान 
सल्यानमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुने दुवै शारदा नगरपालिका १ श्रीनगरका रहेका छन् ।

 शारदा नगरपालिका १ श्रीनगरकी ८३ बर्षिय एक महिलाको आज (मंगलबार)  उपचारको क्रममा जिल्ला अस्पताल सल्यानमा मृत्यु भएको छ ।  केही दिन अघि देखि रुघाखोकीले ग्रस्त भएको र उपचारको लागि जिल्ला अस्पताल सल्यानमा  आजै भर्ना गरिएको थियो । उनको एन्टिजेन विधिबाट परीक्षण गर्दा कोरोना देखिएको थियो । उपचारकै क्रममा उनको मंगलबार  बिहान मृत्यु भएको  स्वास्थ्य सेवा कार्यलय सल्यानले जनाएको छ । 

यस्तै   शारदा नगरपालिका १ श्रीनगरकै ६५ वर्षीय एक पुरुषको थप उपचारका लागि बुटवल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ । गत १५ गते जिल्ला अस्पताल सल्यानमा एन्टिजेन विधिबाट परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएका पुरुषको थप उपचारको लागि २६ गते दाङ तुलसीपुरका लगेको र आज मंगलबार थप उपचारका लागि बुटवल तर्फ लैजादै गर्ने क्रममा बाटोमै मृत्यु भएको हो । 

यस सहित जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top