ट्रेण्डिङ

होमपेज / स्वास्थ्य

जिल्ला सल्यान अस्पताल कोरोना संक्रमितले भरियो

फोन गरेर मात्र आउन स्वास्थ्य सेवा कार्यालय सल्यानको आग्रह

  सल्यान खबर डेस्क २०७८ बैशाख २८ गते मंगलबार १५:१०:०८ मा प्रकाशित

वैशाख २८,सल्यान
जिल्ला अस्पताल सल्यान कोरोना संक्रमितले भरिएको छ । कोभिड १९ संक्रमितको अत्याधिक चाप बढेको भन्दै स्वास्थ्य सेवा कार्यालय सल्यानले फोन गरेर मात्र अस्पतालमा आउन आग्रह गरेको छ । 

१६ वेडमा नियमित अक्सिजन सप्लाई गर्नसक्ने अवस्थामा ३६ जना विरामी भएपछि कार्यालयले फोन सम्पर्क गरेर मात्र आउन सबैलाई आग्रह गरेको हो । 
१६ शश्याको आइसोलेशन वार्डमा अहिले ३६ जना संक्रमित रहेका छन् । आकस्मिक कक्षमा राखेर समेत उपचार गर्नु पर्ने बाध्यता रहेको छ । यसमा थप बिरामी थपिए उपचारमा समस्या हुने देखिएपछि फोन गरेर मात्र आउन आग्रह गर्नु पर्ने बाध्यता आएको स्वास्थ्य सेवा कार्यालय सल्यानका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक दशरथ कुमार श्रेष्ठले बताए । 

सिमित अक्सिजन सिलिन्डर भएको र रिफिल गर्न नेपालगञ्ज जानुपर्ने र समयमा रिफिल नहुने भएकाले बिरामीलाई अस्पताल ल्याउनुपुर्व फोक सम्पर्क गरेर मात्र लिई आउन आग्रह गरिएको श्रेष्ठले बताए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top