ट्रेण्डिङ

होमपेज / स्वास्थ्य

केसीद्धारा जिल्ला अस्पताल सल्यानलाई पाँच थान अक्सिजन सिलिन्डर प्रदान

  इन्द्र बुढाथोकी २०७८ बैशाख २८ गते मंगलबार १२:४६:२३ मा प्रकाशित

इन्द्र बुढाथोकी वैशाख २८,सल्यान 
अक्सिजन अभावमा बिरामीहरुको उपचारमा समस्या भइरहेको बेला सल्यानका एक जनाले जिल्ला अस्पताल सल्यानलाई अक्सिजन सिलिन्डर प्रदान गरेका छन । 

जिल्लाको बनगाड कुपिण्डे नगरपालिका १ सल्लीबजारका कालिका इन्जिनियरिङ उद्योगका सञ्चालक घनश्याम केसीले अस्पताललाई ५ थान र बनगाड कुपिण्डे नगरपालिकालाई २ थान सिलिन्डर प्रदान गरेका हुन । 

सल्यान उद्योग वाणिज्य संघको समन्वयमा अस्पतालाई अक्सिजन सिलिन्डर प्रदान गरिएको केसीले बताए । अस्पतालमा अक्सिजनको अभावमा संक्रमितको उपचारमा समस्या भएको थाहा पाएपछि आफ्नो उद्योगमा रहेका सिलिन्डर प्रदान गरेको उनको भनाई छ । 

निषेधाज्ञाका कारण अहिले उद्योग बन्द भएको अवस्थामा थन्किएर बसेको अक्सिजन सिलिन्डर कोरोना संक्रमितको उपचारका लागि दिन पाउँदा निकै खुशी लागेको समेत उनको भनाई छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top