ट्रेण्डिङ

होमपेज / स्वास्थ्य

सल्यानमा होम आइसोलेशनमा थप एक कोरोना संक्रमितको मृत्यु

  सल्यान खबर डेस्क २०७८ बैशाख २७ गते सोमबार १८:२३:५२ मा प्रकाशित

वैशाख २७,सल्यान 
सल्यानमा कोराना भाईरस संक्रमणबाट थप एक जना महिलाको मृत्यु भएको छ । जिल्लाको शारदा नगरपालिका वडा नम्बर १ श्रीनगरका ८० बर्षिय महिलाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यलय सल्यानले जनाएको छ ।

कार्यलयका अनुसारका उनको आज दिउसो होम हाईसोलेसनमा मृत्यु भएको हो । उनको केही दिन पहिले कोरोना पोजेटिभ देखिएको थियो । यो सहित कोरोना संक्रमितबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ । 

यसैबिच आज २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिभिन्न पालिकामा २९ जनामा गरिएको एन्टिजेन परिक्षणमा २० जनामा कोरोना संक्रमण पुष्टि भएको कोरोना फोकल पर्सन रिखाराम पुनले बताए ।  यो सँगै संक्रमितको संख्या ४ सय ७२ पुगेको छ  ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top