ट्रेण्डिङ

होमपेज / स्वास्थ्य

कोरोनाबाट सल्यानमा थप एक जनाको मृत्यु

  सल्यान खबर डेस्क २०७८ बैशाख २५ गते शनिबार १२:२२:५२ मा प्रकाशित

वैशाख २५,सल्यान
कोरोनाबाट सल्यानमा थप एक जनाको मृत्यु भएको छ जिल्ला अस्पताल सल्यानमा उपचारको क्रममा गएराती मृत्यु भएको हो ।

मृत्यु हुनेमा छत्रेश्वरी गाउँपालिका १ दमाचौर निवासी ६३ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला अस्पताल सल्यानले जनाएको छ । श्वास प्रश्वासको समस्या भएपछि उनी शुक्रबार जिल्ला अस्पताल सल्यानमा आएका थिए । उपचारका क्रममा गएराती मृत्यु भएको जिल्ला अस्पताल सल्यानका मेडिकल अधिकृत भीमकान्त जैसीले बताए । 
यससँगै सल्यानमा कोरोना संक्रमणबाट १०  जनाको मृत्यु भएको छ । 


 

प्रतिक्रिया

सम्बन्धित खवर

Top