ट्रेण्डिङ

होमपेज / स्वास्थ्य

कोरोनाबाट सल्यानमा थप एक जनाको मृत्यु, मृत्यु हुनेको संख्या ६ पुग्यो

  सल्यान खबर डेस्क २०७८ बैशाख २१ गते मंगलबार ०९:४६:०९ मा प्रकाशित

वैशाख २१,सल्यान 
सल्यानमा भेरियन्ट सहितको कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मंगलबार बिहान ६ः ५८ को समयमा बागचौर नगरपालिका ६ का ७० वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ । 

उपचारका लागि सोमबार साँझ जिल्ला अस्पताल सल्यानमा भर्ना भएका ती पुरुषको उपचारको क्रममा मृत्यु भएको अस्पतालका मेडिकल अधिकृत भिमकान्त जैसीले जानकारी दिए । 
संक्रमित व्यक्तिलाई अक्सिजनको मात्रा कम भएको कारण थप उपचारका लागि अस्पतालले रिफर गरे पनि अक्सिजन सहितको एम्बुलेन्स र परिवारले पनि जान नमाने पछि अस्पतालमै उपचार भइरहेको थियो ।

अक्सिजन दिएर उपचार गरेपनि उपचारकै क्रममा संक्रमितको मृत्यु भएको डा. जैसीको भनाई छ । 
यससँगै सल्यानमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top