ट्रेण्डिङ

होमपेज / स्वास्थ्य

सल्यानमा ३६ जना कोरोना संक्रमित थपिदा ९ जना डिस्चार्ज

  सरिता चलाउने २०७८ बैशाख २० गते सोमबार १७:३५:१० मा प्रकाशित

सरिता चलाउने वैशाख २०,सल्यान 
सल्यानमा सोमबार ३६ जनामा कोरोना संक्रमण देखिएको छ । दश एन्टिजेन परीक्षणमा १० स्थानीय तह मध्ये ६ पालिकाका ३६ जनामा कोरोना पोजेटिभ देखिएको हो । 

स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार ६२ जनाको एन्टीजिन परिक्षण गरेकोमा ३६ जनाको पोजेटिभ आएको हो । शारदा नगरपालिका र सल्यान अस्पतालका १६, छत्रेश्वरी गाउँपालिकाका ४, त्रिवेणी गाउँपालिका ३, बागचौर नगरपालिका ५ बनगाड कुपिण्डे नगरपालिका ६ र कुमाख गाउँपालिकाका २ जनामा कोरोना पोजेटिभ देखिएको कार्यालयले जनाएको छ ।

पोजेटिभ हुनेमा १७ महिला रहेका छन् भने १९ पुरुष रहेकका छन् । हालसम्म ६ सय ७७ जनाको एन्टीजिन परिक्षण गर्दा जिल्लामा ३ सय ३९ जनामा कोरोना पोजेटिभ देखिएको छ । यस्तै सोमबार त्रिवेणी गाउँपालिका १ सय १९ र शारदा नगरपालिका, सल्यान अस्पतालका ६ को स्वाव पिसिआर परीक्षणका लागि संकलन गरिएको कार्यालयका कोरोना फोकल पर्सन रिखाराम पुनले जानकारी दिए । 

यस्तै कोरोनालाई जितेर ९ जना डिस्चार्ज भएका छन् । हालसम्म ७ सय ८६ जना कोरोना निको भएर डिस्चार्ज भइसकेको कार्यालयले जनाएको छ । 
कोरोनाबाट हालसम्म सल्यानमा ५ जनाको मृत्यु भइसकेको छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top