ट्रेण्डिङ

होमपेज / स्वास्थ्य

सल्यानमा शनिबार थप दुई जनाको कोरोनाबाट मृत्यु

  सल्यान खबर डेस्क २०७८ बैशाख १८ गते शनिबार १६:४०:०९ मा प्रकाशित

वैशाख १८,सल्यान 
 भेरियन्ट सहितको कोभिड १९ बाट सल्यानमा शनिबार दुई जनाको मृत्यु भएको छ ।

सल्यान अस्पतालमा उपचारको क्रममा एक महिला र एक पुरुषको मृत्यु भएको हो । 
मृत्यु हुनेमा सल्यान बागचौर नगरपालिका २ का २६ वर्षीय पुरुष र रोल्पा गंगादेव गाउँपालिका ३ की ४८ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ । दुवै जना शनिबार मात्र अस्पतालमा उपचारका लागि आएका थिए ।  अस्पताल ल्याएको केही घण्टामा नै दुवैको मृत्यु भएको स्वास्थ्य सेवा कार्यालय सल्यानका कोरोना फोकल पर्सन रिखाराम पुनले बताए । महिलाको भएको झन्डै चार घण्टा पछि पुरुषको मृत्यु भएको हो । 

सल्यानका पुरुष पनि विगत तीन चार दिन विरामी रहेका थिए । मृत्यु पछि कोरोना परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको छ । विगत ३/४ दिनदेखि थाइराइटको समस्याका कारण बागचौर नगरपालिका स्थित एक पोलिक्लिनिकमा उपचार गराई रहेकी महिलाको त्यहाँ उपचार सम्भव नभएपछि शनिबारमात्रै रिफर गरि सल्यान अस्पताल ल्याइएको थियो ।  
शनिबार दुई जनाको मृत्यु भएसँगै सल्यानमा कोरोनाबाट मृत्यु हुनेको संख्या चार पुगेको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top