होमपेज / स्वास्थ्य
प्रकाश शर्मा फागुन २१,सल्यान
फारुलामा प्रसुति गृह तथा नागरिक आरोग्य केन्द्र भबन उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार दार्मा गाउँपालिकाको वडा न ३ फारुलामा निमार्ण गरिएको आठ शश्याको प्रसुति गृह तथा आरोग्य भवनको उद्घाटन गरिएको हो ।
दार्मा गाउँपालिकाको रु ५४ लाख र जिल्ला समन्वय समितिको रु५४ लाख गरि जम्मा रु १करोड ८लाखमा भवन निमार्ण गरिएको छ । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समितिका प्रमुख केश बहादुर विष्टले भबन उद्घाटन गरेर मात्रै नभई यस बाट दिइने सेवा जनताले प्रत्यक्ष अनुभुति हुने गरि सेवा दिन आग्रह गरे । बाँकी रहेका काममा जिल्ला समन्वय समितिले नै बजेटको ब्यबस्था गरि पुरा गर्ने प्रतिबद्धता प्रकट गरे ।
नव निर्भिति भबनबाट ल्याब सेवा, ओपिडि सेवा, प्रसुति सेवा तथा आयुर्बेद सेवा दिइने गाउँपालिकाले जनाएको छ ।कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख केश बहादुर विष्ट, उपप्रमुख हरिबहादुर बुढाथोकी, राष्ट्रिय योजना आयोगका अधिकृत परसुराम पोख्रेल ,नेपाली काङ्ग्रेसको जिल्ला उपसभापति निम बहादुर ओलि , नेपाल कम्युनिस्ट नेकपाका जिल्ला सदस्य अनन्त प्रसाद शर्मा ,दार्मा गाउपालिका अध्यक्ष निम बहादुर केसी उपाध्यक्ष टिका शर्मा ,लगायतको उपस्थिति रहेको थियो ।